कांग्रेस नेतृ कोइरालकाे निवासमा नेता पौडेल र सिटौलाबीच भेटवार्ता

नेपालखोज २०७८ असार १४ गते १७:४७
No description available.

काठमाडौं । नेपाली कांग्रेस नेतृ सुजाता कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएकाे छ । सुजाता कोइराला निवासमा नेपाली कांग्रेसको १४औं महाधिवेशन तयारीबारे छलफल भएकाे जनाइएकाे छ ।

उनले आफूले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग १४औं महाधिवेशन तयारीकाे विषयमा कुराकानी गरेको जानकारी दिएकी छन् । 

उनले भनिन्, ‘मेरो उद्देश्य कुनै नेतासँग प्रतिस्पर्धा गर्ने होइन, मेरो उद्देश्य कांग्रेस बलियो बनाउनुपर्छ भन्ने हो, त्यो कसरी पूरा हुन्छ भनेर आज सिनियर नेताहरुसँग छलफल गरेकी छु, अब अन्य नेतासँगै जिल्लातहका नेता कार्यकर्ता साथीहरुसँग पनि छलफल गर्दै जाने छु’ ।

No description available.

प्रतिक्रिया