टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

नेपालखोज २०७८ असार १४ गते २३:३७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त गरेको छ ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीको उमेरहदका कारण हालै अवकाश पाएका थिए ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. बास्तोलालाई सोमबार अस्पतालको निर्देशकमा नियुक्त गरिएको हो । उनी टेकु अस्पतालमा १२ वर्षदेखि कार्यरत छन् ।

प्रतिक्रिया