बुधबार, जेठ १, २०८२

किसानलाई रोपाइँको चटारो (फोटो फिचर)

नेपालखोज २०७८ असार १५ गते ६:५५

सुर्खेत । आज असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । साथै आज दही चिउरा खाएर पनि असार १५ मनाउँने प्रचलन छ । आजका दिन आफ्नो खेत नहुनेले पनि अर्काको खेतमा गएर भएपनि रोपाईँमा सहभागी हुन्छन् ।

मनसुन सुरु भएपछि नै किसानलाई धान रोपाईँको चटारो हुन्छ । तर आजका दिन किसानका लागि अझ विशेष मानिन्छ । प्रस्ततु तस्बिरमा सुर्खेतको करेखोलाका किसना पनि यतिबेला धान रोपाईँ गर्नमा निकै व्यस्त देखिएका छन् । सामुहिक रुपमा खेतमा धान रोप्दै मनाइँने असार १५ ले किसानका लागि निकै ठूलो महत्व राख्दछ ।

तस्बिर : सुर्खेतबाट लक्ष्मण ज्ञवाली

प्रतिक्रिया