बिहीबार, वैशाख १३, २०८१

कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा, तर जुम्लामा दिइएन बिदा

नेपालखोज २०७८ असार १५ गते ६:११

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन आज सार्वजनिक बिदा दिएको छ । प्रदेशभर सार्वजनिक बिदा दिइए पनि जुम्लामा भने सार्वजनिक बिदा भने दिइएको छैन ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज (मंगलबार) धान दिवस अर्थात् असार १५ मा जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ ।

गत वैशाख १७ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार आज असार १५ गते धान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले सूचनामार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया