‘अन्य नेताहरुबीच छलफलकाे दायरा फराकिलो बनाउँदै जाने सहमति’

नेपालखोज २०७८ असार १५ गते १६:०९

काठमाडाैं । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक काेइराला र कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचकाे छलफल सकिएकाे छ ।

नेपाली कांग्रेसकाे १४औं महाधिवेशन केन्द्रित रहेर आज कांग्रेस नेता प्रकाशमान सिंह निवास चाक्सीबारी ठमेलमा नेतात्रयकाे ‘लन्च मिटिङ’ भएकाे थियाे ।

छलफलमा अन्य नेताहरुबीच छलफलकाे दायरालाई फराकिलो बनाउँदै जाने, सबैसँग कुराकानी गर्दै जाने कुरामा तीनै नेता सहमत भएका छन् । आगामी शुक्रबार महामन्त्री शशांक काेइरालाकाे निवास टाेखामा पार्टीकाे १४औं महाधिवेशनका सभापतिका प्रत्यासीबाहेक केन्द्रीय समितिका सदस्यहरुसँग छलफल गर्ने र त्यसपछि सभापतिका प्रयासी नेताहरुसँग छलफल गरिने तय भएको छ । साथै महाधिवेशन ताेकिएकै मितिभित्र सम्पन्न गराउनसमेत नेताहरु एकमत देखिएका छन् ।

क्रियाशील सदस्यीयकाे विवाद पनि विधि प्रक्रियाअनुरुप समयसीमाभित्रै साम्य गराउने कुरामा समेत नेताहरु एकमत छन् । तीन नेताकाे भेटघाटले देशभरका कार्यकर्ता माझ देखिएकाे उत्साहलाई ध्यान दिँदै आफूहरु अगाडि बढ्ने नेता प्रकाशमान सिंहले भेटपछि बताएका छन् ।

प्रतिक्रिया