युरोकपको क्वाटरफाइनल समीकरण पूरा, कुन टिमसँग को भिड्ने ?

नेपालखोज २०७८ असार १६ गते ८:०२

काठमाडौं । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ।

राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो ।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।

अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ । शुक्रबार र शनिबार दुई–दुई खेल हुनेछ । शुक्रबार राति ९ः४५ बजे स्विट्जरल्यान्डविरुद्ध स्पेन भिड्दा राति १२:४५ बजे बेल्जियमले इटालीको सामना गर्ने छ ।

त्यस्तै शनिबार राति ९:४५ बजे चेक रिपब्लिक डेनमार्क भिड्दा राति १२ः४५ बजे युक्रेनले इंग्ल्यान्डको सामना गर्ने छ ।

प्रतिक्रिया