सुनचाँदीकै मूल्य घट्यो, आजको भाउ कति ?
नेपालखोज
२०७८ असार १६ गते ११:१२

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज ६ सय रुपैयाँले घटेको हो । छापावाल सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया