बुधबार, जेठ १, २०८२

‘विभिन्न आयोगको अध्यक्ष, आयुक्त एवं सदस्यमा गरिएको नियुक्ति गैरसंवैधानिक’

नेपालखोज २०७८ असार १६ गते १५:२५

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विभिन्न आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्त गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेको भन्दै मुद्दा दायर गरेका छन् ।

उनले गत असार १० गते नै २० जनालाई विभिन्न आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टि मैं गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरिपाउ भनि आज सर्वोच्च अदालतमा पूरक रिट दर्ता गराएका हुन् ।

‘रिटको अंतिम टुंगो नलागेसम्म निजहरुलाई आयोगहरुको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेशसमेतको माग गरेको छू ।’ उनले भनेका छन्, ‘धारा २९२ को संसदीय सुनवाइको बाध्यात्मक संवैधानिक बन्दोबस्तलाई छलेर गरिएको नियुक्ति स्वत बदरभागी छ ।’

प्रतिक्रिया