चौबीस घण्टामा ३ हजार ५९७ डिस्चार्ज, ४१ जनाकाे मृत्यु
नेपालखोज
२०७८ असार १६ गते १६:३३

काठमाडौं । पछिल्लो चौबीस घण्टामा तीन हजार ५९७ कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ८९२ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार १८७ जनामा गरिएको पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ८८९ र ४ हजार ३८१ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ३ जना गरी २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ४१ जनाको कोरोनाका कारणा मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया