शनिबार, जेठ ५, २०८१

३६ अंकले घटेपछि १९ सय ९६ अंकमा झर्‍यो नेप्से

नेपालखोज २०७९ जेठ ३१ गते १५:३४

काठमाडौं । नेप्सेको भिषण पहिरोले साताको दोस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १५ अंकले घटेको नेप्से आज पुनः ३६ दशमलव सात अंकले घटेर १९ सय ९६ दशमलव २६ अंकमा झरेको छ ।

नेप्सेको यो विन्दु भनेको पछिल्लो समयको सबैभन्दा कमजोर हो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ४८ अंकले घटेर तीन सय ८३ दशमलव ५१ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ३२ कम्पनीको ३१ हजार आठ सय ६ पटकको कारोबारमा ४१ लाख ४७ हजार दुई सय ५५ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमा कुल कारोबार रकम एक अर्ब १८ करोड ५५ लाख ४६ हजार एक सय ७९ रुपैैयाँ पुगेको छ ।

आज १३ समूहको कारोबार भएकामा सबै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ४६ अंकले घटेर १३ सय ८५ दशमलव ३९ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक ७६ दशमलव ८२ अंकले घटेर तीन हजार चार सय ३९ दशमलव ९४ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक ६६ दशमलव ३३ अंकले घटेर दुई हजार तीन सय ३८ दशमलव २४ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक दुई सय ४२ दशमलव सात अंकले घटेर आठ हजार एक सय ६६ दशमलव १३ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ८६ दशमलव ८८ अंकले घटेर नौ हजार चार सय ५४ दशमलव ३१ अंकमा झरेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्र्र्र्रतिकित्ता सेयर मूल्य आठ दशमलव १८ प्रतिशतले बढेर चार सय ४८ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन पावर पार्टनर लिमिटेको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर तीन सय ४४ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता ६ सय ९८ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ६७ लाख १८ हजार एक सय ९३ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया