संसारकै हजुरबुबा घोषित भए पोर्टोरिकोका नागरिक

काठमाडौं । गिनीज बुक अफ वर्ल्ड रेकर्डले पोर्टोरिकोका नागरिक एमिलियो फ्लोर्स मार्केजलाई संसारकै सबैभन्दा पाको (वृद्ध) व्यक्ति घोषित गरेको छ ।
मार्केज़को उमेर १ सय १२ वर्ष ३ सय २६ दिन अर्थात करिब १ शय १३ वर्ष बताइएको छ । मार्केज़को जन्म सन् १९०८ मा पोर्टोरिको को राजधानी क्यारोलिनामा भएको थियो ।
मार्केज भन्दा पहिले सबैभन्दा वृद्ध जीवित व्यक्तिको वर्ल्ड रेकर्ड रोमानियाका डुमित्रु कोमनेस्कुको नाममा थियो । २७ जून २०२० मा २ सय ११ वर्ष २ सय१९ दिन पुगेपछि डुमित्रुको देहावसान भयो ।
तिनै कोमनेस्कुको मृत्यु पछि मार्केज़ले जिवित बयोवृद्धको सूचिमा आफ्नो नाम लेखाएका हुन् । गिनीज वर्ल्ड रेकर्डमा आफ्नो नाममा आएपछि मार्केजले एक अन्तरवार्तामा भनेका छन् ‘मेरा बुबाले मलाई प्रेमपुर्बक हुर्काउनुका साथै सबैसँग प्रेम गर्न सिकाउनु भयो ।’
मार्केजले भनेका छन् ‘उहाँले हामी दाजु/भाई ,दिदी/बहिनीलाई सदैब राम्रो काम गर्न र मानिसहरुलाई आफूसँग भएको कुरा बाँडन सिकाउनु भयो । मेरो बुबा भन्नुहुन्थ्यो भगवान हमेशा हामीभित्रै रहन्छन् ।’
एघार जना दाजु/भाई ,दिदी(बहिनी मध्येका माहिला सन्तान मार्केज़ आफ्नी आमाका भने पहिलो सन्तान हुन् । मार्केज़ले आफ्नो परिवार पाल्न बाल्यकालदेखि नै काम गर्न थालेका थिए ।
उतिबेला उनी उखुको खेतमा बाल मजदुरि गर्थे । त्यसैले पनि मार्केज़ले तीन वर्ष भन्दा बढि स्कूल जान पाएनन् । उनकी श्रीमती एंड्रिया प्रेज़ डी फ्लोर्सको मृत्यु ७५ वर्षको उमेरमा सन् २०१० मै भैसकेको छ जसबाट मार्केजका ४ सन्तान छन् ।
गिनीज बुक अफ वर्ल्ड रेकर्डका एडिटर(इन(चीफ क्रेग ग्लेनडेले भनेका छन ( लामो समयसम्म जिबित रहने उल्लेखनीय ब्यक्तित्वको नाममा यसरी खुसि मनाउनु उनका प्रति सम्मान पनि हो ।
प्रतिक्रिया