चौबीस घण्टामा ३ हजार ४५१ डिस्चार्ज, ३४ जनाको मृत्यु
नेपालखोज
२०७८ असार १८ गते १६:३५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा तीन हजार ४५१ कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार २९९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार ५६६ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ३९१ र ४ हजार ३० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९०८ जना गरी २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ३४ जनाको कोरोनाका कारणा मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया