क्यानडा पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

नेपालखोज २०७८ असार १८ गते १७:१२

काठमाडौं । वैदेशिक रोजगारीको नाउँमा क्यानडा पठाइदिन्छुु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार काभ्रेको पाँचखाल घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्ने २१ बर्षीय प्रजिन अधिकारी ठगीको अभियोगमा पक्राउ परेका हुुन ।

प्रहरीका अनुसार अधिकारीले सर्लाही लालवन्दी घर भएकी ३० बर्षीया यमुुना बस्नेतबाट वर्किङ भिषामा क्यानडा पठाइदिन्छुु भनी १७ लाख रुपैयाँ रकम लिएर फरार भएका थिए ।

यसरी फरार भएका अधिकारीविरुद्ध महाशाखामा ठगी सम्वन्धी उजुरी परेको र सोही उजुरीको आधारमा अधिकारीलाई काभ्रेको बनेपास्थित दाहालगाउँबाट पक्राउ गरिएको महाशाखाका सुचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन् ।

पक्राउ परेका अधिकारी उपर थप अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाइएको प्रहरी उपरीक्षक कोईरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया