माधव नेपाल छाडेर ओलीतिरै ढल्किए वामदेव गौतम (तस्बिरमा)

काठमाडौं । अन्ततः माधव नेपाललाई छाडेर एमाले उपाध्यक्ष वामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीतिरै ढल्किएका छन् । शुक्रबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन् । तर उपाध्यक्ष बामदेव गौतम भने सहभागी भएका थिए ।
नेपाल पक्षले २०७५ जेठ २ का कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन् । तर बुधबार बसेको स्थायी कमिटीले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्व माओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट रहेको थियो ।
बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । तर यो बैठक १३औं हुने जनाइएको छ । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी सम्बोधन गरी नेताहरुलाई पठाइएको पत्रमा यो बैठक १३औं बैठक उल्लेख गरिएको हो ।
अध्यक्ष ओलीकै निर्देशनमा यो बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुन लागेको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भन्दै आएको छ । यो समूहले अदालतको फैसला अनुसार एमाले २ जेठ २०७५ अगाडि फर्कनुपर्ने अडान राख्दै आएको छ ।
त्यो भनेको एमालेको केन्द्रीय कमिटी बैठक नवौं हुनेछ । तर गएको २८ फागुनमा अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरे । दशौं महाधिवेशन आयोजक कमिटी गठन गर्न एमाले विधान संशोधन गरेका अध्यक्ष ओलीले दशौं, एघारौं र बाह्रौ बैठक राखिसकेका छन् ।




तस्बिर : राजन काफ्ले ।

प्रतिक्रिया