प्रधानमन्त्री ओली भन्छन्- खोप अभाव हुँदैन

नेपालखोज २०७८ असार १९ गते १५:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोनाविरुद्धको खोप अभाव नहुने बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा त्रिशूली-प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा केही दिनभित्रै पर्याप्त कोरोनाविरुद्धको खोप आउने बताए ।

खोप आउनेबित्तिकै मुलुकका सबै स्थानमा समूह बनाएर खोप अभियान सञ्चालन गर्ने उनले बताए । यसअघि खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने र खोप पाइएन भन्ने स्थिति नहुने स्पष्ट पारे । सडक सन्जाल, हवाई मैदान निर्माण गर्ने, रोजगारी सिर्जना गर्नेलगायत विकास निर्माणमा सरकारले उपलब्धिमूलक काम गरेको उनले बताए ।
तस्बिर : राजन काफ्ले

प्रतिक्रिया