काेराेना अपडेट : चौबीस घण्टामा ३ हजार ६६ डिस्चार्ज, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा तीन हजार ६६ कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ३२८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १० हजार १३३ जनामा परीक्षण गरिएकाे छ । जसमा ५ हजार ८३७ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ५२७ र ४ हजार २९६ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०१ जना गरी २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १९ जनाको कोरोनाका कारणा मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितकाे संख्या २७ हजार ७१६ रहेकाे छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेकाे संख्या ६ लाख ६ हजार ६६६ जना पुगेकाे छ । हाल नेपालमा क्वारिन्टिनमा २९५ र आइसाेलेसनमा २७ हजार ७१६ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ४३ हजार ५८० जनामा संक्रमण पुष्टि भएका छन् ।

प्रतिक्रिया