राप्रपाको महाधिवेशन कात्तिक २७ देखि गर्ने निर्णय

नेपालखोज २०७८ असार १९ गते २०:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । राप्रपा निर्देशन समितिको शनिबार बसेको बैठकले महाधिवेशनको मिति तय गर्दै काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वडादेखि जिल्ला तहसम्मको निर्वाचन भदौ मसान्तसम्म सक्ने र सक्रियता सदस्यता वितरण असोज ७ गतेसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिसक्ने निर्णय समेत राप्रपाले गरेको छ ।

प्रतिक्रिया