बैतडीमा जीप दुर्घटना : तीन जनाको मृत्यु , ११ जना घाइते

नेपालखोज २०७८ असार २० गते १४:१७

बैतडी । बैतडीमा आइतबार बिहान जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा ४५ वर्षीय मानसिंह साउँद, ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय जय सिंह धामी रहेका छन् । डडेल्धुरा जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप बिहान सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा साउँद, राम सिंहको घटनास्थलमै र जय सिंहको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । घाइते ११ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ । पाँच जनाको अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया