पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियर ३० हजार रुपैयाँसहित पक्राउ
नेपालखोज
२०७८ असार २० गते १६:४७

काठमाठौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत सब-इन्जिनियर घूससहित पक्राउ परेका छन् । भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गराइदिए बापत् सेवाग्राहीबाट ३० हजार रुपैयाँ घूस लिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्लाा आयोजना कार्यान्वयन एकाइ ओखलढुंगामा कार्यरत सब-इन्जिनियर राजन पासवान घूस रकमसहित आइतबार पक्राउ परेका हुन् ।
सेवाग्राहीबाट ३० हजार रुपैयाँ घूस माग गरेको भन्ने सूचनाको आधारमा आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले पासवानलाई पक्राउ गरी थप अनुसन्धानका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । पासवानमाथि थप अनुसन्धान भइरहेकोे आयोगले सूचनामार्फत जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया