विपत् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका तयारी अवस्थामा

नेपालखोज २०७८ असार २१ गते १६:३९

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपत्का व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपत् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले भाेलिका दिनमा आइपर्न सक्ने विपत् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए ।

नदिमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको बताए । बाढी घरभित्र पसेमा सरसफाई गर्ने लगायतका कामको लागि पनि तयार रहेको उनले बताए ।

आवश्यक जनशक्ति र र सामग्रीहरु पनि तयारी अवस्थामा रहेको उनले जानकारी दिए । धोविखोला, बल्खु खोला, वाग्मती, विष्णुमती नदीका किनारहरुमा डुवानहुने कुरालाई ध्यान दिदैँ त्यहाँ विपत प्रतिकार्यका काम सुरू गरिएको पनि उनले बताए ।

उनले बाढी आएको खण्डमा दुई सय जना नगरप्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिए । र्यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उनले बताए ।

रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरु र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरुको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया