जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
नेपालखोज
२०७८ असार २१ गते १७:२५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को आ.व. २०७६/२०७७ को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले असार २१ गते अर्थात आज सोमबार वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आव. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सम्बन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।
सभाले सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा श्रीमती सरस्वती गौतम ज्ञवाली, र अमृत बन्जाडे निर्विरोध निर्वाचित गरेको छ भने कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया