मंगलबार, वैशाख ३०, २०८२

भेरोसेलको दोस्रो डोज भोलिदेखि, छुटेकाले पनि लगाउन पाउने

नेपालखोज २०७८ असार २१ गते १८:०८

काठमाडौं । भेरोसेल खोपको पहिलो डोज लगाएका ३ लाख ७० हजार ३ शय ९५ जना नागरिकलाई भोलि असार २२ गते मंगलबार देखि दोस्रो डोजको खोप लगाइदै छ ।

यस अन्तरगत जेठ महिनाको २५ गते देखि चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज लगाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

उक्त लटमा देशभरका विभिन्न जिल्लाका ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नाागरिकहरुलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो ।

मन्त्रालयका अनुसार भोलि देखि सुरु हुने खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेका अन्यले समेत खाेप लगाउन पाउने छन् ।

चीनबाट खरिद गरेर ल्याइने खोप पनि उमेर समूहकै आधारमा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले असार २४ गतेदेखि खोप आपूर्ति सुरु भइ त्यसपछि साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति हुने यसअघि नै जानकारी दिइसकेको छ ।

प्रतिक्रिया