मंगलबार, वैशाख ३०, २०८२

अब सवारी कर भुक्तान गर्न कार्यालय धाउनु पर्ने झन्झट सकियो

नेपालखोज २०७८ असार २१ गते २१:३४

काठमाडौं । वाग्मति प्रदेशमा अनलाइनमार्फत सवारी कर भुक्तान गर्न सकिने भएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार एक सूचना जारि गर्दै अनलाइनमार्फत पनि सवारी कर भुक्तान गर्न सकिने जानकारी दिएको छ ।

मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवाना आदि दस्तुर नागरिक एपमा गएर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको जनाएको छ । मन्त्रालयका अनुसार आगामी साउन १ देखि यो व्यवस्था लागु हुनेछ ।

यसका लागि वाग्मति प्रदेशमा दर्ता भएका सवारी साधन सम्बन्धी राजस्व भुक्तानी गर्न सेवाग्राहीहरुले आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुपर्नेछ । सवारी धनीले नागरिक एपमा रहेको ‘सवारी कर’पोर्टलमा गएर आफ्नो सवारी साधनसम्बन्धी विवरण अद्यावधिक गर्न सक्ने छन्।

प्रतिक्रिया