मंगलबार, वैशाख ३०, २०८२

युरोकप : पहिलो सेमिफाइनलमा आज इटली र स्पेनबीच प्रतिस्प्रार्धा हुँदै

नेपालखोज २०७८ असार २२ गते ६:५३

काठमाडौं । युरोकप फुटबलको पहिलो सेमिफाइनल आज हुने भएको छ । आज राति हुने पहिलो सेमिफाइनल खेलमा इटली र स्पेन भिड्दै छन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

प्रतिक्रिया