पार्टीभित्रका समस्याबारे छलफल गर्दै एमाले कार्यदल
नेपालखोज
२०७८ असार २२ गते ८:१७

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । सिंहदरबारमा हिजो (सोमबार) साँझ कार्यदलको बैठक झन्डै डेढ घण्टा बसेको थियो ।
बैठकले अहिलेसम्मका घटनाक्रमको सामान्य समीक्षा गरको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए । उनका अनुसार पार्टीभित्रका समस्याका विषयमा आज (मंगलबार) देखि छलफल गर्दै छ ।
नेकपाको कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । झलनाथ खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।
सम्बन्धित
प्रतिक्रिया