हैटीका राष्ट्रपति जोभेनल मोइसेको उनकै निवासमा हत्या
नेपालखोज
२०७८ असार २३ गते १७:१४

काठमाडाैं । हैटीका राष्ट्रपति जोभेनल मोइसेको घरैमा हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै हत्या भएको बीबीसीले जनाएको छ ।
केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्याे भन्ने खुलिनसकेको जनाइएकाे छ ।
राष्ट्रपति मोइसेकी श्रीमती पनि घाइते भएकी छन् । मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए ।
सम्बन्धित

प्रतिक्रिया