एमालेको कार्यदलले सहमतिको खाका कोर्दै
नेपालखोज
२०७८ असार २४ गते ९:२१

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको बैठक आज पनि बस्दैछ ।
आज बिहान ११ बजे बस्ने बैठक निर्णायक हुनसक्ने बताइएको छ ।
यसअघि हिजो दुई शीर्ष नेताबीचको भेटको छलफलअनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्ने एक नेताले बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो ।
सुरुमा दुवै तर्फका दुई÷दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया