कोरोनाविरुद्ध विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख डोज खोप लगाइयो

काठमाडौं । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।
चीनमा एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । पोल्याड छ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया