प्राकृतिक विपत्तिका कारण बिमा कम्पनीहरुमा १ अर्ब ९२ करोडको माग दाबी

काठमाडौं । बीमा समितीका अनुसार हालैको अविरल बर्षाका कारण देशका बिभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति बापत बिमितहरुबाट २० वटै बिमा कम्पनीहरुसंग कुल एक अर्ब ९२ करोड तीन लाख ४८ हजार रुपैयाँ माग दावी परेको छ ।
तीन कम्पनीहरुबाट संकलित तथ्यांक अनुसार अविरल बर्षा सुरु भएदेखि यही असार २३ गतेसम्म सम्पती बिमा, मोटर बिमा, कृषि तथा पशुपंक्षी बिमा, इन्जिनियरिङ बिमा र विविध बीमा अन्र्तगत बिमितहरुबाट कुल तीन सय ३१ वटा बिमाको माग दाबी भएको बिमा समितीले जानकारी दिएको छ ।
सबै निर्जिवन बिमा कम्पनीहरुमा परेका कुल बिमा माग दाबीमध्ये एक सय ४१ वटा सम्पती बिमाको मागदावी ६९ करोड ३६ लाख ४६ हजार, ३३ वटा मोटर बिमाको माग दाबी चार करोड ७५ लाख ८७ हजार, पाँच वटा सामुद्रिक बिमाको माग दाबी १९ लाख ८१ हजार, छ वटा कृषि बिमाको माग दाबी एक करोड ६२ लाख, पाँच वटा पशुपंक्षी बिमाको माग दाबी दुई करोड ३८ लाख ५९ हजार र बिविधतर्फ दुई वटा बिमाको माग दाबी एक करोड ५५ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
इन्जिनियरिङ बिमातर्फ हालैको बाढीपहिरोबाट क्षती भएका एक सय सात वटा निर्माणाधिन आयोजनाको मागदाबी ९० करोड सात लाख ३४ हजार, आठ वटा निर्माण सम्पन्न आयोजना बिमाको माग दाबी ११ करोड ७० लाख, १८ वटा हेभी इक्वीपमेन्ट बिमाको मागदाबी आठ करोड ८४ लाख ३६ हजार र अन्य छ वटा बिमाको मागदाबी एक करोड ५३ लाख तीन हजार रुपैयाँ रहेको समितीले जानकारी दिएको छ ।


प्रतिक्रिया