एमाले कार्यदलको बैठक भोलि बस्ने निर्णय गर्दै सकियो, कार्यदलको प्रगति १० दिनदेखि शून्य

काठमाडौं । विवाद समाधान गर्न गठित एमाले कार्यदलको बैठक भोलि बस्ने निर्णय गर्दै सकिएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नजुटे पछि शुक्रबार पुनः बस्ने गरि सकिएको छ ।
बैठक भोलि बिहान साढे ११ बजेका लागि डाकिएको छ । भोलि बस्ने बैठकमा सहमति खोजिने नेता सुवास नेम्वाङले जानकारी दिए । उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाएका छन् ।
त्यस्तै, एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति बिगत १० दिनदेखि शुन्य अवस्थामा रहेको खुलासा भएको छ । बिहिबार बिहान बसेको बैठक पछि बाहिरिने क्रममा बार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने भनेर पत्रकारहरुलाई सकारात्मक संदेश दिएका थिए । तर बिहिबार बेलुका बसेको बैठक औपचारिक रुपमा नबसी सकिए पछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको खुलासा गरेका हुन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहिबार दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका बार्ता सदस्य अर्थमन्त्रि विष्णु पौडेल अनुपस्थित भए पछि विषय प्रवेश नै नगरि दुवै पक्षका नेताहरु बाहिरिएका थिए ।
बाहिरिने क्रममा नेता भुसालले भने “हामी करिब १० दिनअघि जुन अवस्थामा थियौं अहिले त्यहि अवस्थामा छौं । खास प्रगति गरेका छैनौं ।” यता बार्ता समितिका अर्का सदस्य शुवाश नेम्वांगले भोलि बिहान बस्ने बैठकले सहमति सहित निष्कर्ष दिने बताए । अर्को बैठक भोलि (शुक्रबार) ११ः३० बजे अर्थ मन्त्रालयमा बस्ने बताइएको छ ।

प्रतिक्रिया