डिप्रेसन नै हो त अभिनेत्री कुँवरको आत्महत्याको कारण ?

काठमाडौं । पछिल्लो समय जोगिनि जस्तै बनेर सामाजिक संजालमा भाईरल बनेकी नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् ।
गत बिहीबार राति ९ बजे उनी थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार कुँवरको शव परीक्षणका लागि अस्पताल पठाइको छ भने प्रहरीले घटनाको मुचुल्का उठाउने काम पनि सम्पन्न गरेको छ । मृतक कुँवरको फ्लाटबाट सुसाइटनोट बरामद भएको बताईएको छ ।

कुँवरले चलचित्र जिन्दगानीबाट अभिनययात्रा शुरु गरेर मैदान, जीवनदाता, कानुन, विन्तीपत्र, मलाई माफ गरिदेऊ, अभिमन्यू, हलचल आदि चलचित्रमा अभिनय गरेकी छन् । उनले चलचित्र निर्माणमासमेत हात हालेकी थिइन् ।
उनले पशुपति मन्दिर परिसरमा गरेका अनेकन गतिबिधि युट्यूवमा भाइरल बनेको थियो । प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको प्रारम्भिक अनुमान गरेको छ । अभिनेत्री कुँवरको मृत्युका सम्बन्धमा एक–दुई दिनभित्रै अनुसन्धान पूरा हुने प्रहरीको दाबी छ ।

प्रतिक्रिया