चौबीस घण्टामा २ हजार २३९ संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार २३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साेही अवधीमा १ हजार ३१६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५७ जनाको पीसीआर परीक्षणबाट १ हजार ४७९ र ४ हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७६० जना गरी जम्मा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २० जनाको कोरोनाका कारणा मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ५९० रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख १६ हजार ९२९ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा तीन सय पाँच र आइसोलेसनमा २६ हजार ५९० जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ५२ हजार ८५९ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया