बुधबार, जेठ १, २०८२

एफसी यू-२३ एसियन कपको छनौट समूह सार्वजनिक, नेपाल समूह ‘बी’ मा

नेपालखोज २०७८ असार २५ गते १८:५१

काठमाडौं । एएफसीले शुक्रवार एएफसी यू–२३ एसियन कप छनोटको समूह विभाजन सार्वजनिक गरेको छ । प्रकाशित कार्यतालिका अनुसार एएफसी यू–२३ एसियन कपको फाईनल उज्वेकिस्तानमा २०२२ को जुन १ देखि १९ सम्म संचालन हुनेछ ।

यो प्रतियोगितामा सहभागिताका लागि हुने छनौट खेलमा नेपाल समेत सहभागी हुँदैछ । सार्बजनिक समूह विभाजन अनुसार नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान तथा इरान छन् ।

यो समूहको खेल आउँदो अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानको सामना गर्नेछ भने दोस्रो खेलमा ताजिकिस्तान र अन्तिम खेल लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोटमा रहेका ११ वटा समूहका विजेता देशले २३ वर्ष मुनिको एसियन कप खेल्न पाउने छन् । दोस्रो भएका ४ वटा देशले पनि प्ले अफको माध्यमबाट फाईनलमा स्थान सुरक्षित गर्न सक्ने छन् ।

प्रतिक्रिया