एमाले कार्यदलमा सहमति, भोलिको बैठकमा सहमतिको खाका बनाइ नेतालाई बुझाउने तयारी
नेपालखोज
२०७८ असार २५ गते २०:५१

काठमाडौं । नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलले सहमति भएको बताएको छ । बिगत केहि दिन यता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो ।
कार्यदलको बैठक शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिए ।
सहमति भएको विषयमा भाषा मिलाएर शनिवारको बैठकबाट सार्वजनिक गरिने पनि बताए । जेठ २ गते गठन भएको कार्यदलले गएको सोमवारदेखि छलफल शुरु गरेको थियो । भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।
सम्बन्धित

प्रतिक्रिया