बुधबार, जेठ १, २०८२

कोपा अमेरिका फुटबलमा तेस्रो बन्यो कोलम्बिया, पेरुले ३-२ गोलले पराजित

नेपालखोज २०७८ असार २६ गते ८:२४

एजेन्सी । कोलम्बिया कोपा अमेरिका फुटबलमा तेस्रो बन्न सफल भएको छ । आज बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुमाथि रोमाञ्चक जित निकालेको हो ।

पहिलो हाफको ईन्जुरी समयमा योशिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए । लुईस डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।

कोलम्बिया सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो । पेरुलाई ब्राजिलले १–० गोलले हराएको थियो । समूह चरणमा यी दुई टोलीबीच सम्पन्न खेलमा कोलम्बियाले पेरुसँग २–१ गोलको हार बेहोरेको थियो ।

कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना आईतबार बिहान भिड्दैछन् ।

प्रतिक्रिया