सुकेटार विमानस्थलमा जहाज अवतरण

नेपालखोज २०७८ असार २६ गते १४:४३
प्रतीकात्मक तस्बिर

फुङ्लिङ । कोभिड-१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ ।

कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकोमा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौंबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो ।

प्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौं फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए । निगमले गत सोमबारदेखि नै नियमित उडान सुरू गरेको थियो ।

गत सोमबार काठमाडौंबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौं फर्केको थियो । सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले बताए ।

सुकेटारमा सातामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ ।

तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म सात हजार ५० रुपैयाँ विमान भाडा शुल्क र ताप्लेजुङदेखि काठमाडौं सात हजार १९० भाडा शुल्क तोकिएको कार्यालयले जनाएको छ । गमले ताप्लेजुङदेखि १ नम्बर प्रदेश राजधानी विराटनगरमा पनि नियमित उडानको लागि प्रक्रिया आगाडि बढिरहेको लिम्बुले बताए ।

प्रतिक्रिया