सोमबार, फागुन १४, २०८०

बाजुरामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु, स्वाब संकलनको तयारी

नेपालखोज २०७७ जेठ २४ गते १०:५१

बाजुरा । सुदूरपश्चिमको बाजुरामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय बृद्धको मृत्यु भएको हो।

हिजो साँझदेखि खाना नखाएको र राति एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले बताए। गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो।

उनी विगत २५ वर्षदेखि भारतमा बस्दै आएका थिए। मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको छ।

प्रतिक्रिया