काेराेना अपडेट : चौबीस घण्टामा २ हजार १६९ संक्रमित थपिए, २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ४३२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५३० जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जना गरी जम्मा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा तीन सय ८ र आइसोलेसनमा २६ हजार ४८९ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ५४ हजार २१२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया