जर्मनीद्वारा क्रस खाेप लगाउन अनुमति

काठमाडाैं । जर्मनी कोरोनाकाविरुद्ध ‘मिक्स’ अथवा क्रस खाेप लगाउन अनुमति प्रदान गर्ने संसारकै पहिलो मुलुक भएको छ । जर्मन सरकारका अनुसार जसले एस्ट्राजेनेकाको खाेपको पहिलो डोज लिएका छन् अब उनीहरुले फाइजर (बायोएनटेक वा मोडर्नाको खाेप) लगाउन सक्छन् र यसमा उमेरहद पनि राखिएकाे छैन । संसारभर अहिले एउटै कम्पनिको खाेको पहिलो र दोस्रो डोज दिने अभियान चलिरहेको छ ।
ब्रिटेन, अमेरिका र फ्रान्समा सरकारले मानिसहरुलाई आ-आफ्नो इच्छा अनुरूप खाेपको दोस्रो डोजका रुपमा अर्को कम्पनिको खाेप प्रयोग गर्न कुनै रोकटोक लगाएका छैनन् । यद्यपि जर्मनी आफ्ना नागरिकलाई आधिकारिक रूपमै मिक्स खाेपको स्वीकृति दिने संसारको पहिलो देश हो ।
मिडिया रिपोर्टअनुसार जर्मन सरकारको यो फैसला खोपसँग सम्बन्धित स्थायी समितिको सिफारिश अनुरुप आएको हो । समितिको सिफारिश अनुसार एस्ट्राजेनेकाको खोपको पहिलो डोजको चार साता पछि दोस्रो डोज लगाउनु उपयुुक्त हुन्छ ।
जर्मनीको खोप सम्बन्धि स्थायी समिति STIKO का अनुसार अहिलेको अनुसन्धान परिणाम अनुसार कोभिडविरुद्धको खोपको मिक्स डोज लगाउँदा प्राप्त हुने इम्यून रेस्पोन्स स्पष्ट रूपमा श्रेष्ठ छ ।
स्वयं जर्मन चान्सलर एन्जेला मार्केलले दुई अलग-अलग कम्पनिको खोप प्रयोग गरेर मिक्स भ्याक्सीनेशनको दिशामा कदम बढाएकि थिईन ।
सीएनएनका अनुसार उनले गएको जुनमा एस्ट्रोजेनेकाको खाेपको पहिलो डोज लगाएकि थिईन भने दोस्रो डोजका रुपमा मोडर्नाको खाेप प्रयोग गरिन् ।
प्रतिक्रिया