एमालेमा आज पनि सहमति जुटेन, भोलि सुखद परिणाम निस्किने नेताहरुको दाबी
नेपालखोज
२०७८ असार २६ गते २०:३५

काठमाडौं । एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको ‘निर्णयक’ हुने भनिएको आजको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।
शनिबार सिंहदरवारमा बसेको एमाले कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदल सदस्यहरुले एमाले विवाद समाधानको अन्तिम विन्दुमा पुगेको जनाएका छन् ।
केही प्राविधिक कुरा मात्रै मिलाउन बाँकी रहेको भन्दै आइतबार पार्टी एक भएको घोषणा गरिने नेताहरुले दाबी गरेका छन् । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले आइतबार बिहान ८ बजे सुखद समाचार सुन्न पाईने बताए ।
त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि आइतवार नै परिणाम निस्किने दाबी गरे । सोमवारदेखि कार्यदलको बैठक निरन्तर बसिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया