मंगलबार, वैशाख ३०, २०८२

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

नेपालखोज २०७८ असार २७ गते ७:२०

काठमाडौं । अहिले देशभर मौसम बदली रही वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसअनुसार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । उक्त प्रदेशमा पहिरोको जोखिम तथा नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिसम्मै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया