सुनको मूल्य स्थिर, चाँदीकाे कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ असार २७ गते ११:०९

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार चार सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेर ९१ हजार नौ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन ९१ हजार नौ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया