प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन
नेपालखोज
२०७८ असार २७ गते १२:०६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको औपचारिक उद्घाटन गरेका हुन् ।
आज विहान आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरेका हुन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले दुई तला अण्डरग्राउन्डसहित नौ तले नयाँ सर्जिकल भवनमा आकस्मिक कक्ष १०० शय्या, आईसीयूलाई २०० शय्या र डायलासिसलाई १०० शय्यामा स्तरोन्नती गरिने बताए ।




सम्बन्धित
प्रतिक्रिया