कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी वादीलाई

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७७ उमादेवी वादीलाई प्रदान गर्ने भएको छ ।
मानव अधिकार तथा शान्ति समाजद्वारा आज एक विज्ञप्ति जारी गर्दै कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी वादीलाई दिने निर्णय भएको जनाएको छ ।
हाल सुदुरपश्चिम प्रदेशसभा सांसद रहेकी वादीले मानव अधिकार/सामाजिक न्यायका लागि उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो उक्त्त विज्ञप्तिमा जनाइएको छ ।
आउँदो मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा १ लाख १० हजार रुपैयाँ पुरस्कार राशी र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने छ ।
२०१८ साल फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् ।
सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो ।
विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बीबीसीले सन् २०१८ को विश्वका १ सय जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सुचिमा १०औं स्थानमा राखेको थियो ।
प्रतिक्रिया