उच्च अदालतकी महिला कर्मचारी मृतावस्थामा फेला
नेपालखोज
२०७८ असार २८ गते ११:५९

इलाम । उच्च अदालत इलाममा कार्यरत एक महिला कर्मचारी मृतावस्थामा फेला परेकी छन् ।
विमलाकुमारी पराजुलीको शव आज बिहान अदालत परिसरभित्र फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
सोलुखुम्बु घर भएकी पराजुलीले कार्यालय सहयोगी पदमा काम गर्दै आएकी थिइन् ।
पराजुलीको मृत्यु कसरी र के कारणले भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर कुकुर मगाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया