अदालतको फैसलामा कसैले पनि उत्तेजना र दम्भ नदेखाउन नेता थापाकाे आग्रह
नेपालखोज
२०७८ असार २८ गते १५:२५

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।
सामाजिक सन्जालमार्फत ‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ ।’ थापाले भने अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन ।’
अदालतको फैसलामा कसैले पनि उत्तेजना र दम्भ नदेखाउन आग्रह गर्दै उनले भनेका छन्, ‘उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौँ । नत्र भीरबाट खस्नेलाई रामराम ।’

सम्बन्धित

प्रतिक्रिया