राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य
नेपालखोज
२०७८ असार २८ गते १९:४०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । सर्वोच्च अदालतको फैसला लगत्तै राष्ट्रपति भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवशेन अन्त्य गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/०३/२८ को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य गरेकी हुन् ।

सम्बन्धित
प्रतिक्रिया