चौबीस घण्टामा २ हजार ३९८ संक्रमित थपिए, २ हजार ७८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा२ हजार ७८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी जम्मा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २६१ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख २३ हजार १०५ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा २९९ र आइसोलेसनमा २६ हजार २६१ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ५८ हजार ७७८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया