विश्व स्वास्थ्य संगठनका प्रमुख भन्छन्- डेल्टा भेरियन्ट विश्वभर तीव्र गतिमा फैलिरहेको छ

नेपालखोज २०७८ असार २९ गते १७:४९

काठमाडाैं । संयुक्त राष्ट्र संघिय निकाय विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदहानोम गेब्रेयेससले कोभिड-१९ को नयाँ स्वरूप ‘डेल्टा’ विश्वभर तिब्र गतिमा फैलिरहेको कुरा बताएका छन् ।

गेब्रेयेससले डेल्टा भेरिएन्ट १०४ देशमा पुगिसकेको जानकारी दिँदै यो चाडै नै पुरै संसारमा सबै भन्दा बढि हाबी हुने कोरोनाको स्वरूप बन्ने दिशामा अग्रसर भएकोमा चिन्तासमेत व्यक्त गरेका छन् ।

गेब्रेयेससले एक पत्रकार सम्मेलनमा गएको साता विश्व भर कोभिड-१९ लगातार वृद्धि भएको चौथो सप्ताह रहेको सुचना दिदै डब्ल्यूएचओका ६ वटा क्षेत्र मध्ये एउटा क्षेत्र छोडेर बाँकि सबै क्षेत्रमा कोरोना संक्रमण बढेको कुरा बताए । उनले १० सातासम्म मत्थर भएको भाईरस फेरि यसरी बढदै जानुलाई दुर्भाग्यपूर्ण समेत भनेका छन् ।

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का महानिर्देशक गेब्रेयेससले भनेका छन ( कोभिडको नयाँ स्वरूप ‘डेल्टा’ को सिकार भै मृत्यु वरण गर्नेहरुको संख्या समेत बढिरहेको छ ।

गेब्रेयेससका अनुसार कोभिड-१९ ले लगातार आफुलाई परिवर्तित गरिरहेको छ र यो अधिक संक्रामक पनि हुँदै गएको छ । आज हामी थप बिग्रदै गएको सार्वजनिक स्वास्थ्य स्थिति को सामना गरिरहेका छौ जुन भबिस्यमा गएर मानव जीवन, आजीविका तथा संसारको आर्थिक सुधारका लागि ठूलो खतरा बन्न सक्छ ।

कोरोनाको प्रकोप ती स्थानमा अझ बढि छ जहाँ अझै खोप पुगेको छैन भन्दै महानिर्देशक गेब्रेयेससले यो विश्वब्यापि महामारी सँग जुध्न सारा संसार एकजुट हुनु पर्ने कुरामा समेत जोड दिएका छन् ।

संसारमा अहिलेसम्म १८ करोड ८० लाख भन्दा बढि मानिस कोरोना संक्रमित भैसकेका छन भने यसबाट ज्यान गुमाउनेहरुको संख्या ४० लाख ५५ हजार माथि पुगेकोछ ।

कोरोनाको संक्रमण बाट सबैभन्दा दुस्प्रभावित देश अमेरिका हो जहाँ अहिलेसम्म ३ करोड ४७ लाख मानिस यसको चपेटामा आइसकेका छन् । अमेरिकामा कोरोना संक्रमणका कारण मर्नेहरुको संख्या ६ लाख भन्दा बढि छ ।

प्रतिक्रिया