देउवाको मन्त्रीमण्डलमा बालकृष्ण गृहमन्त्री बन्ने, अर्थमा जनार्दन

नेपालखोज २०७८ असार २९ गते १८:५२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा गृहमन्त्रीमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँड र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री हुने भएका छन् ।

यस्तै ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्ने भएका छन् । देउवाले अहिले केहीबेरमा प्रधानमन्त्रीको शपथ लिँदै छन् । प्रधानमन्त्रीको शपथलगत्तै मन्त्रीहरुको पनि शपथको तयारी भएको छ ।

ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्रीमा माओवादीकै पम्फा भुसालले शपथ खाने तयारी छ ।

प्रतिक्रिया